१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पनौती– ७ मा कांग्रेस, मण्डन देउपुर– ७ मा एमाले विजयी



काभ्रे, बनेपा नगरपालिका ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज मानन्धरले ९०१ मत प्राप्त गरेका छन् ।

यस्तै बनेपा नगरपालिका १० को वडाध्यक्षमा एमालेका चन्द्रबहादुर खड्का ८५६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वासुदेव खत्रीले ६९९ मत प्राप्त गरेका छन् ।

यसैगरी बनेपा नगरपालिका ११ को वडाध्यक्षमा एमालेका शिवकुमार थापाले ४३८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बद्रीप्रसाद शर्माले ३८५ मत प्राप्त गरे ।

यस्तै मण्डन देउपुर नगरपालिका ७ मा वडाध्यक्षसहित पुरै समूहमा एमाले विजयी भएको छ । वडाध्यक्षमा नारायणप्रसाद लम्साल ८३५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गङ्गालाल श्रेष्ठले ४७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पनौती नगरपालिका ७ मा वडाध्यक्षसहित पुरै सूमहमा कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रामचन्द्र नानसनीले एक हजार २५२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण ताम्राकारले एक हजार १२२ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००