७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङकाे ढोरपाटन र बडीगाढमा एमाले विजयी



बाग्लुङ । यस जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । २ हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली मेयरमा निर्वाचित भएका छन् । उपप्रमुख पदमा पनि एमालेकै करमती घर्तीले २ हजार ७९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, जिल्लाको बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका अम्मरबहादुर श्रीस विजयी भएका छन् ।

योसँगै एमालेले जिल्लाको तीन वटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली कांग्रेसले तीन, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जितेका छन् । बाग्लुङ र जैमिनी नगरपालिकाको भने मतगणना जारी छ । बाग्लुङ नगरपालिकामा एमालेले अग्रता लिएको छ भने जैमिनीमा नेपाली कांग्रेस अगाडी छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००