३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका गाउँपालिकामा कांग्रेस निर्वाचित



बाबियाचौर (म्याग्दी), म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोका निर्वाचित भउका छन् ।

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भएका हुन् । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी भएकी छन् ।

बिटालुकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरेकी छन् । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरेका छन् । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन ३४५, सरु श्रीपाली ३४६, वुद्धिबहादुर जुक्जाली ३३७ र गोरखबहादुर जुक्जाली ३२३ मत ल्याएर निर्वाचित भएका छन् । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।

मालिकाको वडा नं १ मा नेपाली कांग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा माओवादी केन्द्रका दिलीप शेरचन, ५ नं मा कांग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित भएका छन् ।

दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००