७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौकुण्डमा कांग्रेस विजयी



रसुवा, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकप एमालेका म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिए ।

रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००