२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शङ्करापुरको सातवटा वडाको मतपरिणाम सार्वजनिक



काठमाडौँ, काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

शङ्करापुर– १, २ र ५ मा नेकपा एमाले, वडा नं– ३ मा माओवादी केन्द्र, वडा नं– ४ मा नेपाली कांग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएका छन् ।

निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५ मा शेरगम्भीर थापा विजयी भएका छन् ।

यस्तै वडा नं– ३ मा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, वडा नं– ४ मा कांग्रेसका बुद्धिबहादुर लामा, वडा नं– ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ र ७ मा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् ।

यसैगरी शङ्करापुर नगरप्रमुखमा एमालेका सुवर्ण श्रेष्ठले तीन हजार २८४, कांग्रेसका शङ्कर तिवारीले दुई हजार १५९, राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले दुई हजार १५३ र माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताए । कुल १७ हजार मतदाता रहेको शङ्खरापुरमा १४ हजार ७७६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००