Logo

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै



चितवन, भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ ।

उनले दुई हजार ७४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाएकी छन् भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गरेकी छन् । राप्रपाकी रिना गुरुङले २२३ मत पाएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्