९ मंसिर २०८०, शनिबार | Sat Nov 25 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङको मध्यनेपाल प्रमुखमा कांग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित



बेसीसहर (लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले चार हजार ५४७ मत ल्याएका थिए ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याएका छन् । प्रमुखमा निर्वाचित पाण्डे नेपाली कांग्रेसको महासमिति सदस्य एवं तरुण दल लमजुङको अध्यक्ष हुन् । उपप्रमुखमा निर्वाचित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुन् ।

मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा कांग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा कांग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा कांग्रेसका बालकुमार जोशी निर्वाचित भएका छन् ।

यस्तै वडा नं– ६ को अध्यक्षमा माओवादी केन्द्रका विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा कांग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा कांग्रेसका रामचन्द्र भण्डारी निर्वाचित भएका छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००