१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमि वडा नं २ मा कांग्रेस विजयी



भक्तपुर, मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ ।

थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमराज गौतमले ६७० मत ल्याएका थिए ।

त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी भएकी छन् भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध भएका थिए । सदस्यमा नेपाली कांग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी भएका छन् ।

यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका थिए ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् ।

चाँगुनारायणमा आज पुनः मतदान सुरु

यसैबीच, स्थानीय तह निर्वाचन–२०७४ अन्तर्गत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा बुधबार बिहान ७ बजेदेखि पुनःमतदान सुरु भएको हो ।

गत बैशाख ३१ गते मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनःमतदान गर्न परिपत्र गरेपछि पुनः मतदान भएको छ ।

चाँगुनारायण नगरपालिका–६ ९साविक नगरकोट गाविस० मतदानकेन्द्र ‘ख’ मा कुल ८०७ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००