१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने



असार २१, म्याग्दी । सदरमुकाम बेनीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुने भएको छ । बेनी बजार क्षेत्रमा बसोवास गर्ने तथा ग्रामीण क्षेत्रबाट समेत विभिन्न कामले आएका ज्येष्ठ नागरिकलाई दैनिक भेटघाट तथा अनुभव साटासाट गर्न बेनी नगरपालिका र गण्डकी प्रदेशले गणेश टोलमा सेवा केन्द्र स्थापना गर्न लागेको हो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समेत सघाउने छ ।

दिवा सेवा केन्द्रको अभावमा पिपलको रुख आसपासमा बसेर दिन काट्ने गरेका ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने भौतिक संरचनासहित भेटघाटलाई सहज हुने गरी केन्द्रको स्थापना गरिने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

“ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति हुन्, एकै ठाउँमा बसेर पुराना अनुभव आदानप्रदान गर्दा नयाँ पुस्तालाई पनि उपयोगी हुन्छ,” नगरप्रमुख श्रेष्ठले भने ।

केन्द्र स्थापनाका लागि बेनी नगरपालिका र प्रदेश सरकारको करीब रु १२ लाखको लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरिने श्रेष्ठले बताए ।

दिवा सेवासहित ज्येष्ठ नागरिकलाई बजार आसपासका क्षेत्रमा वृद्धाश्रमको मागसमेत गर्दै आइरहेको ज्येष्ठ नागरिक समाजले सेवा केन्द्रको स्थापनाले राहत मिल्ने ज्येष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ००:००