३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी



नवलपरासी, नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी भएकी छन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बनेकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी बनेका छन् । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बनेकी हुन् ।

अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गरेकी थिइन् ।

यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना विजयी बनिसकेका छन् । यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकै मायादेवी श्रेष्ठ बिजयी बनिसकेकी छन् ।

योसंगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा कांग्रेस विजयी बनेको हो । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००