१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किस्पाङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस बिजयी



नुवाकोट, नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाभित्र रहेका पाँचवटा वडाबाट प्राप्त मतको आधारमा कांग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमाले बाट अध्यक्षका उम्मेदवार वीरबल तामाङ १६६५ मत र उपाध्यक्षमा मेन्चुङ लामा तामाङ १८३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए ।

वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ नं बाट नेपाली कांग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली कांग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा एमालेका एकराज घले र ५ नं बाट कांग्रेसका नरहरि भट्ट निर्वाचित भएका छन् ।

नुवाकोटमा कायम रहेका ८८ मध्ये ३८ वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००