१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता



काठमाडौँ, ललितपुर महानगरपालिकाका वडा नं १ देखि ७ सम्मको मतगणना सकिँदा बुधबार विहान ९ बजे सम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदमा कांग्रेसका चिरिबाबु महर्जनले छ हजार ८४, नेकपा एमाले का हरिकृष्ण ब्यन्जनकारले पाँच हजार ७७९, साझा पार्टीका रमेश महर्जनले तीन हजार ४५९, नेकपा माओवादी केन्द्र का दिनेश महर्जनले एक हजार ३५२, नयाँशक्ति र सङ्घीय समाजवादी फोरमका संयुक्त उम्मेदवार मदन महर्जनले २८ मत प्राप्त गरेको महानगरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए ।

उपप्रमुखमा कांग्रेसकी गीता सत्यालले चार हजार ६४७, साझा पार्टीकी शोभा शाक्यले तीन हजार ४७५, एमाले राप्रपा गठबन्धनका राप्रपा उम्मेदबार बाबुकाजी थापाले दुई हजार ३१७ र नेकपा माओवादी केन्द्रकी हसिना शाक्यले एक हजार ९८५ मत पाएका छन् ।

ललितपुर महानगरमा वडा नं ७ सम्मको मतगणना सकिएको छ । बुधबार बिहानैदेखि वडा नम्बर ८ र ९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००