३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा र नागार्जुनका वडाध्यक्ष विजयी



काठमाडौँ, टोखा नगरपालिका–१ मा नेकपा एमालेका श्रीकृष्ण अधिकारी विजय भएका छन् भने वडा नं २ वाट नेपाली कांग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली कांग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै टोखा नगरपालिकामा नेपाली कांग्रेसका हरिहर अधिकारीले अग्रता कायय राखेका छन् । अधिकारीले तीन हजार १२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । उनका अनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा माओवादी केन्द्रका कल्पना शर्माले करिब एक हजार मत प्राप्त गरेका छन् ।

यसैगरी नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा एमालेका खुमबहादुर केसी विजय भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याई विजय भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । वडा नं २ मा करिब एक हजार ८०० मतदाता रहेका छन् ।

यसैगरी प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिएका छन् । निर्वाचन अधिकृत लामिछानेका अनुसार खत्रीले एक हजार १४ मत नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा माओवादी केन्द्रका कुमार तामाङले ११५ मत ल्याएका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००