७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा कांग्रेस निर्वाचित



सिन्धुली, सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गरेकी छन् ।

गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा कांग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा कांग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली कांग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००