१८ माघ २०८१, शुक्रबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने



नगरकोट, भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिन्ह नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन ।

भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्षका उम्मेदवार गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

वैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नै थिएन ।

करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको तथ्य बाहिर आएको थियो । उम्मेदवारको चुनाव चिन्ह नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुङ्गिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिन्ह नै नभएका मतपत्र स्वतः बदर हुनुपर्ने स्थानीय मतदाताको भनाइ छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००