१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटमा एक जनाको ज्यान गयो



कालीकोट, जिल्लाका नरहरिनाथ गाउँपालिका अन्तर्गत नन्दादेवी मावि, सेरापाटा मतदान केन्द्रमा गएराति भएको सेना प्रहरी र नेपाल कम्युनिस्ट पार्टीबीचको दोहोरो झडपमा परी घाइते भएका एक जनाको आज (सोमबार) बिहान मृत्यु भएको छ ।

सो झडपमा नरहरिनाथ गाउँपालिका (साविकको माल्कोट गाविस ५) निवासी धनरुप बटालाको मृत्यु भएको हो । उनको उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । अन्य पाँच जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले चलाएको गोलीबाट बटाला सख्त घाइते भएका थिए ।

अहिले सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाइएको र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले बताएका छन् । अहिले जिल्ला सदरमुकाम मान्ममा सर्वदलीय बैठक बसिरहेको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००