१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामग्राम नगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नति हुने



फागन १५, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीबजार आसपासका क्षेत्रलाई मध्यनगर गरी सडकको स्तरोन्नति हुने भएको छ । करीब दुई अर्बको लगानीमा रामग्राम नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गतको बजेटबाट आगामी वैशाख महीनाबाट सुविधा सम्पन्न सडक स्तरोन्नतिको काम शुरु हुन लागेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । शहरी शासन तथा पूर्वाधार एकीकृत कार्यक्रम अन्तर्गत ती सबै सडकको स्तरोन्नति गरिनेछ ।

सदरमुकाम परासीदेखि पण्डीपुरसम्म नौ किलोमिटर, परासी–अ‍ैतचावल हुँदै पर्सावलको करीब सात किलोमिटर र परासीदेखि पाल्ही क्याम्पस सडक हुँदै कर्मौनीसम्मको सडक सञ्जाललाई स्तरोन्नति गरिनेछ ।

पहिलो चरणमा तीन वडा सडक सञ्जाललाई स्तरोन्नति गरिने र दोस्रो चरणमा अन्य सडकलाई प्राथमिकताका आधारमा स्तरोन्नति गरिने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

उज्यालोका लागि सडकको दुबैतर्फ सौर्य ऊर्जाको प्रयोग जडान गरिने जनाइएको छ । आगामी दुई वर्षमा सडकको स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य रहेको रामग्राम नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार ००:००