१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ताइस घर दलितले आधाआधा गाग्री पानी बाँड्छन्



वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो,” स्थानीयवासी हरिलाल विकले भने, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।”

हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवाउन र नुहाई धुवाई गर्ने कुरा धेरै परको भो, विक बताउछन् । २७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइपको मार्फतबाट पानी ल्याइएको छ । “गाउँमा पानीको अभाव भएपछि कुनै बेला हामीले आधाआधा गाग्री पानी पनि बाँडेर खानुपरेको अवस्था छ,” स्थानीयवासी लक्ष्मी विकले भनिन्, “के गर्नु पानीको प्यास मेटाउनै पर्यो !”

पानीको अभावमा त्यहाँका स्थानीय दलित समुदायले झन्डै एक घन्टाको पैदल दूरी हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ भने त्यहाँ पनि पालो पर्खनुपर्दा समय निक्कै खर्चिनुपर्ने बाध्यता रहेको सुनाउछन्, स्थानीयवासी बाबुराम विक । उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा पुगेका बेला स्थानीयवासीले दलित बस्तीमा मुख्यगरी पानीको समस्या रहेको बताउँदै यो समस्या समाधानमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : २९ बैशाख २०७४, शुक्रबार ००:००