६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालमेलले रोचक बन्दै पहिलाे निर्वाचन



म्याग्दी, स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा चुनावी रौकनता छाएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ७१ हजार ४६३ मतदाता रहेका छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा ७२ वटा निर्वाचन स्थल कायम भएको छ ।

मुख्य चार राजनीतिक दलले चुनावी तालमेल गरी निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दलले गाउँपालिकाको निर्वाचनलाई भन्दा आठवटा गाविस मिलाएर बनेको बेनी नगरपालिकालाई आफ्नो प्रतिष्ठासँग जोडेका छन् । पहिलो संविधानसभा निर्वाचनमा माओवादी विजयी भएको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा एमालेले जितेको थियो ।

बेनी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच तथा नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले समेत नगरप्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका हरिकुमार श्रेष्ठ नगरप्रमुख र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेल उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । एमाले र राप्रपा गठबन्धनबाट नगरप्रमुखमा एमालेका प्रमोद श्रेष्ठ तथा उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा छन् ।

एमालेका श्रेष्ठ बेनी नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएको बताउछन् । उनले मतदाता भेटघाट, घरदैलो, चुनावीसभालगायत कार्यक्रमलाई तीव्र पारेका छन् ।

कांग्रेस म्याग्दीका सचिव समेत रहेका नगरप्रमुखका उम्मेदवार हरिकुमार श्रेष्ठ नगरपालिकाको सबै बस्तीमा विकासको सञ्चार गराउनु नै आफ्नो प्रमुख एजेन्डा भएको बताउछन् । “अझै कुवाकै पानी खानुपर्ने बाध्यता छ, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रको विकासका लागि योजना बनाएको छु,” उनले भने । रासस

प्रकाशित मिति : २८ बैशाख २०७४, बिहिबार ००:००