१७ चैत्र २०८०, शनिबार | Sat Mar 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ का ८७९ सडक योजना कार्यान्वयन प्रक्रियामा



माघ १७, हेटौँडा । प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ ।

प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको माध्यमबाट निर्माण गरिने सडकका कूल ८७९ वटा योजना यस वर्ष रहेका छन् ।

प्रदेश नं ३ भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यो प्रदेशका लागि केन्द्र सरकारबाट ६७० वटा सडक योजना छन् । केन्द्रीय तहबाट आएको योजना सर्त एवं तोकिएको समयमा पूरा गरिनुपर्छ साथै केन्द्रीय योजना अनुदानमा रहेका छन् ।

यसै प्रदेश अन्तर्गत केन्द्र सरकारको गौरवको योजनाबाहेक मझौला योजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका इञ्जिनीयर सञ्जीव श्रेष्ठका अनुसार यस प्रदेशको ६३ वटा आफ्नै योजना छन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएको योजना प्रदेशको बजेटमा परेको योजना तथा ग्रामीण सडक तथा अन्य नयाँ ट्रयाक खोल्ने योजना छन् ।

सडक विभागले प्रदेश सरकारलाई योजना हस्तान्तरण गर्नुपर्ने भए पनि आफ्नै डिभिजन सडक कार्यलय अन्तर्गत काम गरिरहेको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । हाल उपमहानगरपालिकाभित्र सडकको निर्माण विस्तार भइरहेको छ । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार ००:००