२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा पाँच दलित महिला सदस्य निर्विरोध



काठमाडौँ, काठमाडौँ जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् । टोखाको वडा नं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । दुवै जना नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएका छन् । दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बनेका हुन् ।

यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहका अनुसार वडा नं ८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचित भएका छन् । उनी भने नेकपा एमालेबाट उम्मेदवार नेकी हुन् ।

शङ्खरापुरको वडा नं २ र ८ मा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी परेको छैन । निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार यी दुई वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी परेन । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००