१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सतासी जनामाथि निगरानी



चितवन, निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर बधबारबाट निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्यांकन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो । प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताए ।

निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ । उनीहरुमाथि बुधबार र बिहिबार कडाइका साथ निगरानी गरिने भन्दै उनले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेको बताए । व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो ।

प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई विभिन्न समयमा नियन्त्रणमा लिएर राखेको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००