५ चैत्र २०८०, सोमबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा एमालेलाई सहयोग गर्दै साहित्यकार



काठमाडौं, आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेलाई सहयोग गर्ने उद्देश्यका साथ साहित्यकार राम विनयको संयोजकत्वमा १५१ सदस्यीय सहयोग समिति गठन भएको छ ।

साहित्य–सन्ध्या, जनसाहित्यिक मञ्च नेपाल र मदन भण्डारी कला साहित्य प्रतिष्ठानसंग आबद्ध तथा केही स्वतन्त्र साहित्यकारको सक्रियतामा समिति गठन भएको हो ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र स्वाधीनताका विषयमा एमालेले लिएको अडान, नाकाबन्दीका बेलामा पनि देखाएको धैर्य, कूटनीतिक चातुर्य र स्वाभिमानपूर्ण दृढता, प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको नेतृत्वकारी भूमिका, शान्तिसम्झौता, संविधान निर्माण र संविधानको कार्यान्वयनका विषयमा लिएको स्पष्ट नीतिका कारण एमालेलाई सघाउने समितिका संयोजक राम विनयले जानकारी दिए ।

समितिमा साहित्यकारहरु डा मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, शान्ता मानवी, प्रा राजेन्द्र सुवेदी, प्रा केशव सुवेदी, प्रा डा महादेव अवस्थी, प्रा डा पारसमणि भण्डारी, प्रा डा यादवप्रकाश लामिछाने, गोपीरमण उपाध्याय, विष्णु प्रभात, सुलोचना मानन्धर, श्याम तमोट, डा विजय सुब्बा, प्रा डा कृष्णप्रसाद घिमिरे छन् ।

यसैगरी, समितिमा प्रा जगत उपाध्याय, हेमनाथ पौडेल, रामकृष्ण दुवाल, नारायण ढकाल, श्यामल, प्रेम अधिकारी, डा भीम खतिवडा, डा देवी नेपाल, डा बिन्दु शर्मा, मिश्र वैजयन्ती, आरएम डङ्गोल, रमेश पोखरेल, विनोद मन्जन, गायत्री विष्ट, गोपालकुमार मैनाली, श्याम सापकोटा, यशोदा अधिकारी, नमुना शर्मा, रमेश शुभेच्छुकलगायत १५१ जना साहित्य, संस्कृति एवं कलाकर्मीको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००