१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिटो पुल निर्माण गर्नुपर्ने माग गर्दै रिले अनशन



पुस २६, लहान । हुलाकी सडक अन्तर्गत पर्ने कमला र बलान नदीको पुल छिटो निर्माण गर्नुपर्ने मागसहित हुलाकी सडक सङ्घर्ष समितिले शुरु गरेको रिले अनशन आज नवौँ दिन पनि जारी रह्यो ।

सिरहा महावीर चोकमा सङ्घर्ष समितिले शुरु गरेको रिले अनशनप्रति जनप्रतिनिधिदेखि सर्वसाधारणासम्मले ऐक्यबद्धता जनाएका छन् । कमला र बलान नदीमा गत २०६८ सालदेखि नै पुल निर्माणको काम थालिए पनि सात वर्ष बित्दा पनि निर्माण कार्य पूरा नभएकाले सरकारलाई दबाब दिन कार्यक्रम शुरु गरिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए ।

कमला र बलान नदीमा अलपत्र अवस्थामा छाडिएको पुलको काम छ महीनाभित्र सकिनुपर्ने सरकारबाट प्रतिबद्धता नआएसम्म अनशन लगायतका सङ्घर्षका कार्यक्रम नरोकिने संयोजक यादवले बताए ।

आफूहरुको अनशनप्रति प्रदेश नं २ का प्रदेशसभा सदस्य तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, मदनसेन श्रीवास्तव लगायतले एक्यबद्धता जनाउँदै प्रदेशसभा बैठकमा यसबारे कुरा उठाउने प्रतिबद्धता जनाएको सङ्घर्ष समिति संयोजक यादवले जानकारी दिए ।

तराई मधेशको मेरुदण्ड मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न २०६८ साल जेठ ३१ गतेमा शर्मा पप्पु लुम्बिनी जेभीले २८ करोड १५ लाख ९७ हजारमा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।

त्यस्तै सिरहा र सप्तरीलाई जोड्ने बलान नदीमा पुल बनाउन २०६८ चैत १५ गते २४ करोड १२ लाखमा शर्मा पुप्प जेपीले ठेक्का लिए पनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको छैन । सो पुल निर्माणको लागि हालसम्म १५ करोड ५८ लाख भुक्तानी लिइसके पनि करीब ५० काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

सङ्घर्ष समितिले गत भदौ ३१ गते प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलको अगुवाइमा राजविराजबाट हुलाकी सडकमा पैदलयात्राको शुभारम्भ गरी असोज ७ मा जनकपुर पुगेर प्रदेश नं २ को सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । रासस

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार ००:००