१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेका सबै स्थानीय तह खुला दिसामुक्त



पुस, ९ काभे्र । जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । ६ नगरपालिका र ७ गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई सोमबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले नगरपालिका प्रमुख, उप्रप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य र नगरवासी, स्थानीय प्रशसान र सुरक्षा निकायका प्रमुखलाई चर्पीमा मात्रै दिसापिसाब गर्न, गराउन शपथ समेत खुवाएका छन् । रासस

प्रकाशित मिति : ९ पुस २०७५, सोमबार ००:००