१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढीगङ्गा नदी कटान नियन्त्रणको कार्य पूरा



पुस १, इटहरी । इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त डिभिजन कार्यालयको तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिए । प्रत्येक वर्ष इटहरी उपमहानगरपालिका–३ शान्तिनगरी क्षेत्रको बस्ती र उर्वर जमीन कटानको चपेटालाई रोकथाम गर्नका लागि नदीको पश्चिमी क्षेत्रमा तटबन्ध निर्माण गर्ने कार्य पूरा भएको पनि वडाध्यक्ष विष्टले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका ३ जाने वडा नं ४ देखि उत्तर एक किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि पूरा भएको छ । ढलसहितको उक्त पर्यटकीयस्थल तालतलैया जाने सडक निर्माणका लागि करीब ६० लाख खर्च भएको छ ।

त्यसैगरी युकी चाउचाउ क्षेत्रमा पर्ने ५०० मिटर सडक पनि ४० लाखको लागतमा निर्माण पूरा भएको पनि वडाध्यक्ष विष्टले जानकारी दिए ।

गोरु काट्ने पक्राउ

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१७ स्थित चारकोशे जङ्गल क्षेत्रमा गोरु काटेको अवस्थामा दश जनालाई शुक्रबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

अवैध रुपमा गोरु काटेर मासु बिक्री वितरण गर्ने कार्यमा संलग्न रहँदै आएको अवस्थामा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशीष खड्गी धरान–११ का अनिल साही र अनिष साहीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको हो ।

यसैगरी सोही अपराधमा सुनसरी भोक्राहानर्सिङ्ग–३ का वाहिस मियाँ, रिजवान मियाँ, साहदत्त मन्सुरी आशीष मन्सुरी र मोहम्मुदिन मन्सुरीलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई धरान उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि गोरु बध गरी गैरकानूनी कार्य गरेको अभियोगमा प्रहरी हिरासतमा लिई कार्वाही अघि बढाइएको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : १ पुस २०७५, आइतबार ००:००