१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधिमा फड्को मार्दै लमही नगरपालिका



मङ्सिर २७, नारायणपुर । दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए ।

नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट निर्माण गरिएको नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

सूचनालाई अपाङ्गमैत्रीपूर्ण बनाउन निम्न श्रव्य सूचनापाटीसमेत सञ्चालनमा ल्याइएको छ भन्दै उनले नमस्तेको सिम प्रयोगकर्ताले १६१८०८२५४०८५० नम्बर डायल गरेर नगरपालिकाका सूचना तथा जानकारी पाउन र सुन्न सक्नाका साथै टोल फ्री नं १६६०८२५४००० (नमस्ते सिमप्रयोग कर्ताका लागि मात्र) डायल गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको बताए । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००