१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह र पुनःनिर्माण प्राधिकरणविच १० बुँदे समझदारी



मङ्सिर २७, भोजपुर । भूकम्पपछिको पुनःनिर्माणका कामलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जिल्लाका नौ वटा स्थानीयतहबीच १० बुँदे समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

पुनःनिर्माणको कार्यमा समन्वय एवं सहयोग आदानप्रदान गर्न गरिएको समझदारी पत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन एकाइ आयोजना प्रमुख राजनराज रेडिले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर पत्रमा नगरपालिका, गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा स्थानीयतहको सहमति लिइने, सम्बन्धित वडाध्यक्षको सिफारिशमा नगरपालिका, गाउँपालिका प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेका आधारमा जिल्लास्तरीय एकाइले तलब भत्ता उपलब्ध गराउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिका, गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयतहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट एकमुष्ट उपलब्ध गराउने पनि सम्झौतामा भनिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी सदस्य विष्णुबहादुर भण्डारीले सहमतिअनुसार प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाइने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने बताए । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००