१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाः कुहिने र नकुहिने फोहर राख्ने छट्टाछुट्टै डस्टबिन वितरण गरिने



मङ्सिर २७, काठमाडौं । काठमाडौं महानगरपालिका १५ र २२ लाई नमूना वडा बनाउने तयारी गरेको छ । कामपामा ठूलो समस्याको रुपमा रहेका फोहर व्यवस्थापनको काम गर्न चुनौती आएपछि वडा नं १५ र २२ का प्रत्येक घरलाई कुहिने र नकुहिने फोहर राख्ने छट्टाछुट्टै डस्टबिन वितरणको तयारी रहेको छ ।

पहिलो चरणमा कामपाको यी दुई वडाबाट शुरु गर्ने कार्य विस्तारै ३२ वटै वडामा पु¥याउने तयारी रहेको कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार डस्टबिन वितरण गर्दा प्रत्येक घरमा दुई वटा दिइने छ । कामपाको फोहर लिन जाने गाडीले पनि सोहीअनुरुप कुहिने र नकुहिने फोहर फरक फरक गाडीमा राखेर ल्याउनुपर्ने हुन्छ ।

फोहर राख्ने डस्टबिन किन्नका लागि महानगरले आधा रकम लगानी गर्ने छ भने बाँकी पैसा नागरिक आफैले बेहोर्न पर्ने कामपाले जानएको छ । घरमा उत्पादन भएको सबै फोहर एकै ठाउँमा राख्दा फोहर व्यवस्थापन गर्ने अन्तिम स्थान सिसडोलमा व्यवस्थापन गर्न समस्या भएकोले यहीँबाट फरक फरक लाने तयारी गरिएको हो ।

हाल दैनिक काठमाडौं उपत्यकाबाट एक हजार मेट्रिक टन र कामपाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००