७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने



रत्ननगर (चितवन), चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आज साेमबार देखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।

यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।

अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्ता सम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ । उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा छ वटा निर्माण कम्पनीले अहिले काम भइरहेको छ ।

उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउछन् । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।

अघिल्लो महिनामा यहाँ सुक्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको उनको भनाइ छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको हो । रासस

प्रकाशित मिति : २५ बैशाख २०७४, सोमबार ००:००