१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास



मङ्सिर २४, । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका १३ र मादी गाउँपालिका ५ लङ्काथर जोड्ने विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको स्थान सिक्लेसमा निर्मित शान्ति स्तम्भ उद्घाटन गर्न जाने क्रममा उनले सो पुलको शिलान्यास गरेका छन् ।

पुलको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्यटकीय गाउँ सिक्लेस जाने बाटो पक्की बनाउन आफूले पहल गर्ने बताए । सिक्लेससम्म जाने बाटो अझै पनि कच्ची नै भएको बताउँदै उनले शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने पक्की बाटो निर्माण सम्पन्न गर्न नैतिक र व्यवहारिक रुपमा आफू लाग्ने बताए ।

काँहुखोला–दूधपोखरी ग्रामीण सडक अन्तर्गत विजयपुर खोलाको सिंढीको मुखमा निर्माणाधीन पुल ५४ दशमलब १७ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पुलको निर्माण २०७६ कात्तिक महीनाभित्र गरिसक्ने गरी सम्झौता भएको छ । पुल निर्माणको लागत पाँच करोड ६५ लाख एक हजार छ । पुलको ठेक्का रायमाझी काराभेन जेवी कन्ट्रक्सन काठमाडौंले लिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनीयर आशिक रिजालले जानकारी दिए ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले पुल निर्माणसँगै मादी गाउँपालिका अन्तर्गत सिक्लेस, ताङ्तिङ, तपराङ, खिलाङ, थाक, छाचोक, थाम, लङ्काथर, काभ्रेडाडा मौजा र बयरघारी लगायत यस आसपासका तीन हजार घरपरिवारले सेवा प्राप्त गर्न सक्ने बताए ।

विस्तृत शान्ति सम्झौता हुनु अगाडि प्रचण्ड लगायत तत्कालीन माओवादीका नेतालाई सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले हेलिकोप्टर मार्फत काठमाडौं लैजानुभएको थियो । शान्ति प्रक्रियाको थालनीस्थल सिक्लेसमा निर्मित शान्ति स्तम्भको आजै अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरे । रासस

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ००:००