८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ सय दलित परिवारलाई सुधारिएको चुलो बितरण



मंसिर २३, मार्तडी । बझाङको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ ।

दलित परिवारहरूको घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा चुलो वितरण गरिएको नेटवर्कका अध्यक्ष गोरख सार्कीले बताए ।

गाउँपालिकाको ४ देखि ७ नं. वडासम्मका ३ सय १३ दलित परिवारको घर धुवाँमुक्त गर्नुका साथै उनीहरूको स्वास्थ्यस्तरमा पनि सुधार आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।

आगामी दिनमा सबैलाई पुग्ने गरी समन्वय गरिने उनले जानकारी दिए । बिकट हिमाली गाउँपालिकामा बिजुली बत्तीको निकै समस्या भएकाले दलित परिवारलाई सोलारका लागि पनि पहल गरिने अध्यक्ष सार्कीले बताए । रासस

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार ००:००