१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी



 

मङ्सिर २१, बाजुरा । बाजुराको साँफे मार्तडी सडकखण्ड अन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडी सम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ ।

साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउस देखि मार्तडीको कारागार डिल सम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो ।

बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला भित्रिने र बाहिरिने सवारीसाधानलाई आवत–जावत गर्न जोखिम बढ्दै गहेको हुँदा प्रहरीले नै सक्रियता बढाएको हो ।

भत्किएका सडक पुनःमर्मत नहुँदा दुर्घटना हुने सम्भावना बढेकाले खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

बिहीबार बिहानैदेखि बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाट, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरु लगायत २० प्रहरीको सक्रियतामा सडकमा खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको हो । गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासँगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा पुगेको छ ।

सडक निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडक पुनःमर्मत नगरेको हो भने बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका इन्चार्ज प्रेम थापाले भने मङ्सिर मसान्तभित्र एक स्काभेटरसहित पाँच टिपर लगाएर पुनःमर्मत गरिसक्ने बताए ।

विसं २०५१ मा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किमी सडकको शिालान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा सञ्चालन भएको थियो । बाजुरावासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गएको वैशाख महीनाबाट पूरा भए पनि बर्खाले पक्की सडक भत्काएपछि अहिले ५७ किमी सडकमध्ये करीब पाँच किमी सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार ००:००