२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकाको भाम्राङ उज्यालो वडा घोषणा



 

मङ्सिर २०, भोजपुर । भोजपुर नगरपालिका १ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि बुधबार एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो ।

वडाका प्रत्येक घरमा विद्युत् गएसँगै स्थानीयवासीले कुटानी पिसानीका लागि सजिलो भएको बताएका छन् भने वडामा काम गर्नका लागि पनि सजिलो भएको छ । विद्यालयमा विद्यार्थीलाई कम्प्युटरको माध्यमबाट ज्ञान दिनका लागि सजिलो भएको शिक्षक बताउँछन् ।

उज्यालो वडाको प्रतिनिधिसभा सदस्य सुदन किराँतीले घोषणा गरेका हुन् । वडालाई उज्यालो घोषणा गर्दै किराँतीले विकासको आधार विद्युत् पनि रहेकाले वडालाई समृद्ध बन्न टेवा पुगेको बताए ।

वडाध्यक्ष विष्णुकुमार भुजेलले आफूले निर्वाचनताका गरेको प्रतिबद्धतामा अडिग रहेर आफ्नो काममा लागेको बताए । साथै उनले विद्युत् विस्तार गरिसकेकाले अब सडक विस्तारमा लाग्ने बताए ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार ००:००