१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शे–फोक्सुन्डो गाउँपालिकाको सवै पद निर्विरोध



डोल्पा, उत्तरी डोल्पाको शे–फोक्सुन्डो गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सो गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दावा गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए ।

यस्तै उक्त गाउँपालिकाको नौ वटै वडामा वडाध्यक्ष, महिला, दलितलगायत सम्पूर्ण सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकारी बुढाका अनुसार वडा नं १ को वडाध्यक्षमा जिमे छोइङ नर्बु लामा, महिला सदस्यमा फना लामा गुरुङ तथा अन्य सदस्यमा पेमा छिरिङ र छुल्डिम लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वडा नं २ को वडाध्यक्षमा ग्याल्जेन लामा, महिला लेङदेन गुरुङ, अन्य सदस्य फुर्वा टसी गुरुङ र पाल्दाङ गुरुङ, वडा नं ३ को वडाध्यक्षमा कर्मा तुन्डुक लामा, महिला खाँडो गुरुङ तथा अन्य सदस्यमा कर्म आङग्याल गुरुङ र दावाटासी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ४ को वडाध्यक्षमा पेमा वाङछिङ गुरुङ, महिला छिरिङ साङमो बुढा, दलित आङमे विक तथा अन्य सदस्यमा फन्जाङ दोर्जे गुरुङ र मोना दोर्चे लामा निर्विरोध भएका छन् भने वडा नं ५ को वडाध्यमा पेमा गुरुङ, दलित छिलिङ मुटुन विक, महिला सन्चोक लोगु गुरुङ तथा अन्य सदस्यमा निमा छिरिङ गुरुङ र कोची चोकडाल्या गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सो गाउँपालिकाको वडा नं ६ को वडाध्यक्षमा सिमजिङ गुरुङ, महिला पेमा छिरिङ गुरुङ तथा अन्य सदस्यमा कोङचोर गुरुङ र धार्के गुरुङ निर्विरोध भएका छन् भने वडा नं ७ को वडाध्यक्षमा पासाङ गुरुङ, महिला छैतन गुरुङ तथा अन्य सदस्यमा पेमा तेन्जिङ गुरुङ र नर्कु टोन्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ८ को वडाध्यक्षमा निमा लामा, महिला पेमा साङ्गे बैजी तथा अन्य सदस्यमा टसी गुरुङ र चाइना छिरिङ गुरुङ निर्विरोध भएका छन् भने वडा नं ९ को वडाध्यक्षमा लार्के लामा, महिला सदस्यमा पासाङ लिमा बैजी तथा अन्य सदस्यमा छिल्या बैजी गुरुङ र मुन्डुङ छेवाङ लामा निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी बुढाले बताए ।

सम्पूर्ण पदका उम्मेदवार निर्विरोध भएपछि सो गाँउपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । करिब तीन दिनको पैदल दूरीमा रहेको शे–फोक्सुन्डो गाउँपालिकाका गाउँ गाउँमा खटिएका निर्वाचन अधिकृत, सुरक्षाकर्मीलगायत सम्पूर्ण कर्मचारी सदरमुकाम फर्किन लागेको लवटले बताए ।

निर्विरोध निर्वाचित भएकाहरु मध्ये वडा नं १ का वडा सदस्य पेमा छिरिङ, वडा नं २ का सदस्य फुर्वा टसी गुरुङ र वडा नं ७ का सदस्य नर्कु टोन्डुक गुरुङ नेकपा (माओवादी केन्द्र)का तथा वडा नं ८ का वडा सदस्य मुन्डुङ छेवाङ लामा नेपाली कांग्रेसका उम्मेदवार हुन् । अन्य सबै निर्विरोध निर्वाचित उम्मेदवार नेकपा (एमाले)का भएको जिल्ला निर्वाचन अधिकारी बुढाले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००