२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भित्री सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका



 

असोज २९, ललितपुर । ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । महानगरपालिकाका भित्री बस्तीमा धेरै वटा यस्ता साँघुरा सडकमा ढुङ्गा र इँट्टा छापेर स्तरोन्नतिको योजना बनाइएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने, “कतिपय बाटो बिग्रिएको लामो समय हुँदासमेत स्तरोन्नति हुन सकेको थिएन, यसले गर्दा स्थानीयवासीले हिलो र धुलो सहँदै आएका थिए ।” यो वर्षभरमा काम गर्ने योजनामा परेका सडकमध्ये चार किलोमिटरमा काम सकिएको छ ।

शहरका भित्री भागमा पर्ने सडक कालोपत्रभन्दा पनि ढुङ्गा, छाप्ने र इँट्टा छाप्ने कामलाई प्राथमिकता दिइएको छ । आवश्यक भएका कतिपय स्थानमा भने ढलान गर्ने गरी बोलपत्र भएको उनले बताए । उनले भने, “हामीले सकेसम्म पुरानो स्वरुप बिग्रन नदिनेमा विशेष ध्यान दिएका छौँ ।” पाटनका भित्री भागका धेरै सडकमा पहिले इँट्टा वा ढुङ्गा छापिएकामा मर्मत नहुँदा भत्किएको हो ।

मुख्य सडकसँगै यो वर्ष सहायक सडकका रुपमा रहेका बस्तीभित्रका सडक निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको हो । स्थानीय निकायले सहायक सडकलाई बेवास्ता गरेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ००:००