२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानी जोगाउन घोराही उपमहानगरमा कृत्रिम जलाशय निर्माण



 

असोज २५, घोराही । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा करीब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो ।

बर्सातको समयमा आकाशबाट आउने पानीलाई सङ्कलन गरी स्थानीय जनताको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिकता दिएको घोराही उपमहानगरका इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरले अहिले घोराहीको वडा नं १७ को ढिकपुर र गुलरिया, वडा नं १६ को गङ्गटे र ज्यामिरे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ ।

यस्तै वडा नं १८ को गिठेपानी, वडा नं १२ को सिस्नेरी, वडा नं १६ को ज्यामिरेमा पहिलेदेखि नै रहेको थप दुई वटा जलाशय मर्मत गरिरहेको छ भने घोराही १७ गुलरियामा रहेको जलाशय, १६ को गङ्गटे, वडा नं १८ को सल्लाघारी, डवरीलगायत स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा मर्मत गरी सिँचाइका लागि पानी प्रशस्त बनाएको छ ।

यी स्थानमा बनाइएको जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

“सिँचाइ, व्यावसायिक पर्यटन, माछापालन, हाँसपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हाँै”, उनले भने, “मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो ।” गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उनको भनाइ छ ।

यस्तै पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपूर्तिमा पनि यसले सहजता थपिरहेको उनको विश्वास छ । अहिले ठाउँठाउँमा बनाइएको कृत्रिम जलाशय एउटा सानो पर्यटकीय क्षेत्रजस्तो बन्न थालेको उनले बताए । “उपमहानगरको आन्तरिक आयमा वृद्धि गर्न पनि जलाशयले टेवा पु¥याइरहेको छ” उनी भन्छन्, “जलाशयमा ढुङ्गा चलाउने, जाल हानेर माछा मार्ने कार्य अहिले पनि भइरहेको छ ।”

घोराहीमा रहेका जलाशय चार–पाँच कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म फैलिएका छन् । घोराही उपमहानगरले आव २०७४/७५ मा मात्रै करीब दुई करोड कृत्रिम जलाशयका लागि खर्च गरेको थियो ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार ००:००