५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटका मतदान केन्द्रमा टेलिफोन समस्या



जाजरकोट, जिल्लाका अधिकांश मतदान केन्द्रमा टेलिफोनको पहुँच नहुँदा समस्या भएको छ । यहाँका तीन नगरपालिका र चार गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा नहुँदा समस्या भएको हो ।

मतदान केन्द्र अति दुर्गममा भएकाले सजिलै सञ्चार सेवा उपलब्ध हुन नसकेको हो । ७७ मतदानस्थलमध्ये ४० भन्दा बढी स्थलमा प्रभावकारी सञ्चार सेवा नभएको गुनासो स्थानीयवासीले गरेका छन् ।

नेपाल टेलिकमका टावरले अग्लो ठाउँमा मात्र काम गर्ने तर गहिरो, खोँच, कोल्टे परेको ठाउँमा काम नगर्दा समस्या भएको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । सुरक्षा तथा छिटोछरितो खबर आदानप्रदान गर्नका लागि टेलिफोन सेवा अनिवार्य भएपनि यहाँका दूरदराजका मतदानस्थल तथा गाउँपालिकामा फोन नहुँदा समस्या भएको नेकपा (माओवादी केन्द्र) वारेकोट गाउँपालिका प्रमुखका उम्मेदवार तिलक रावलले बताए ।

फोन नहुँदा कार्यकर्ता, जनतासम्म प्रभावकारीरुपमा कुरा हुन नपाएको उनले बताए । यता नेपाल टेलिकमले प्रविधिकलाई टावरको क्षमता वृद्धिका लागि गाउँगाउँमा खटाउने तयारी भएको बताएको छ ।

अधिकांश ठाउँमा नयाँ टावर निर्माण गर्नुपर्ने भएकाले अलि समय लाग्ने टेलिकमको भनाइ छ । जिल्ला सदरमुकामभित्र नै टेलिफोनको राम्रो पहुँच नभएको स्थानीवासीयको गुनासो छ । गाउँगाउँमा विद्युत् नभएका कारण सोलारको माध्यमबाट टावर सञ्चालन गर्दा समस्या भएको टेलिकमको भनाइ छ । गाउँगाउँमा खटिएका कर्मचारीले टेलिफोन सम्पर्क गर्न समस्या भएको भन्दै गुनासो गर्ने गरेका छन् । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००