७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारी दर्ता सुरु, २ बजेसम्म पनि ठूला दलले उम्मेदवारी दर्ता गराएनन्



भक्तपुर, वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता सुरु भएको छ ।

जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरे पनि अपराह्न १ बजेपछि मात्रै उम्मेदवारी दर्ता सुरु भएको छ ।

भक्तपुरका चार नगरपालिकाका चार निर्वाचन अधिकृतको कार्यालयमध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर नगरपालिका स्थित नःपुखुमा अपराह्न १ बजे मात्रै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

भक्तपुर नगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार तचपालका गोपालदास बनेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टीबाट भक्तपुर नगरपालिका उपप्रमुखका लागि भक्तपुर नगरपालिका– १ सिर्जना नगरकी ललिता न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।। अन्य दलले भने भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा अझै उम्मेदवारको टुङ्गो नलागेको भन्दै मनोनयन दर्ता गराएका छैनन् । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००