२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक नगरपालिका स्थित चरखण्डी खोला पुल शिलान्यास



 

असोज २, भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटार र वडा नं ४ दधिकोटको संगममा रहेको चरखण्डी खोला पुलको आज शिलान्यास गरिएको छ ।

पुल निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा पवित्र तीर्थस्थल चरखण्डी महादेव मन्दिर भएर बग्ने खोलामा निर्माण हुने पुलको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बस्नेतले राजधानीसँग जोडिएर पनि विकासमा पछाडि परेको भक्तपुरमा विकासको मूल फुटाएको बताउँदै अबको चार वर्षभित्र भक्तपुर नमूना जिल्ला बन्ने बताए ।

भक्तपुरका प्रत्येक नगरपालिकाको गाउँगाउँमा पक्की सडक विस्तार, भक्तपुरको डाँडासम्म धार्मिक पर्यटकीय गन्तव्यको विकास, प्रत्येक खोलामा पुल, हनुमन्ते करिडोर निर्माण, अन्तर्राष्ट्रिय रङ्गशाला, खेलकुद कबर्ड हल निर्माण गरिने उनले बताए ।

उनले भने, “विकासका सबै पूर्वाधार निर्माण गर्ने, शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि गर्ने, उज्यालो, सुरक्षित भक्तपुर बनाउने अभियानमा हामी लागेका छौँ, विकास विरोधीलाई परास्त गर्दै अबको चार वर्षमा भक्तपुरलाई नमूना जिल्ला बनाउने छौँ ।”

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं। १ का अध्यक्ष सानुकाजी कायस्थ, जिल्ला समन्वय समितिका सदस्य बाबुकाजी श्रेष्ठ, अर्जुन खतिवडाले सूर्यविनायकको विकासलाई कसैले रोक्न नसक्ने बताए ।

कूल एक करोड १२ लाखको लागतमा सात मिटर लम्बाई र सात मिटर चौडाई रहेको उक्त पुल चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने समितिका अध्यक्ष हरिराम थापाले बताए ।
रासस

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार ००:००