असोज २, सङ्खुवासभा । सङ्खुवासभा–सिलिचोङ गाउँपालिका– २ र ३ जोड्ने सङ्खुवाखोला माथिको झोलुङ्गे पुल पहिरोले बगाएको छ ।
एक सय ५० मिटर लामो पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । पहिरोले ३० मिटर ढलान गरिएको बाटो पनि बगाएको छ ।
पुल बगेपछि वाला र ताम्कु गाउँको सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताए ।
रासस




प्रतिक्रिया