२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन



 

भदौ २७, रत्ननगर । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए ।

सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो ।

पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार ००:००