१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा १३ भध्ये १० दललार्इ चुनाव चिह्न



बैतडी, आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका १३ मध्ये १० दलले मात्र चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका १३ मध्ये १० दलले मात्रै चुनाव चिन्ह पाएको उल्लेख छ । चुनाव चिन्ह पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माले, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपाल (माले–जनसमाजवादी) पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टी सङ्घीय समाजवादी फोरम नेपालको चिह्न लिएर चुनाव लड्ने भएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल राष्ट्रिय पार्टी नभएकाले यिनीहरुले चुनाव चिन्ह नपाएको बताए ।

अन्य दलले चुनाव चिन्ह नपाए पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिन्ह दिने व्यवस्था गरिएको छ ।

यसैबीच, बैतडीमा १८ स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह पनि आएको बताइएको छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०७४, सोमबार ००:००