१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता



 

भदौ ११, दुल्लु– दैलेख । खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ । भगवतीमाई ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

दुई वडालाई जोड्ने घुम्ने धारा खोलामा झोलुङ्गे पुल नहँुदा यहाँका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको छ । पानीको परिमाण कम भएका बेला मात्र खोला तर्न सकिन्छ । बर्खामा जोखिम मोलेर खोला तर्नुको विकल्प छैन् ।

पुल नहुँदा भगवती माध्यमिक विद्यालय धुम्नेमा अध्ययनरत विद्यार्थीलाई समस्या भएको छ । खोला तरेर यहाँका झण्डै ८० विद्यार्थी विद्यालय जाने गरेका छन् । विद्यार्थीले काठको अस्थायी पुल निर्माण गरेर आवतजावत गर्ने गरेको विद्यालयका शिक्षक शान्तिप्रसाद रेग्मी बताउछन् ।

“पानी परेको दिन विद्यार्थी आउदैनन्,” उनले भने । अस्थायी पुल बाढीले बेलाबेलामा बगाउने गरेको छ । पुल निर्माणका लागि पहल भइरहेको भगवतीमाई ४ का वडा सदस्य गणेशप्रसाद अधिकारीले बताए ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ००:००