१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाको कामप्रति राजनीतिक दलको चासो



 

साउन २७, काठमाडौं । काठमाडौं महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् ।

केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् ।

गत शुक्रबार पनि नयाँ शक्ति पार्टी काठमाडौंले कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४ ÷०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो ।

समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विाषयमा देखाएको चासो र चिन्ताले आफूहरुलाई विकासको काम गर्न थप ऊर्जा प्राप्त भएको बताए ।
प्रमुख शाक्यले २०७२ सालको भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक संरचना र अन्य विकासको काम आफ्नो मुख्य प्राथमिकतामा परेको बताए । शाक्यले भने, राजनीतिक दलहरुले कामपाको बरेमा राखिएको चासोका कारण स्थानीय तहको हरेक कम पारदर्शी हुने छ ।”
रासस

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार ००:००