२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको ‘ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा’ अभियान शुरु



 

साउन २७, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवर्द्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो ।

तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो वृक्षरोपण सप्ताह शुभारम्भ गरे ।

सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार बिरुवा रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । विभिन्न सङ्घ–संस्था, क्लब, टोल विकास संस्थालगायत समग्र नगरवासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ ।

जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार बिरुवा रोपिने कार्यक्रम रहेको नगरप्रमुख घिमिरेले बताए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखी आ–आफ्नो घर–आँगन, खाली जमीन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरवासीलाई आह्वान गरिन् ।

वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका बिरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गरे । सप्ताहअन्तर्गत आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयर लगायत विभिन्न प्रजातिका बिरुवा रोपिनेछ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार ००:००