१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरिमा जनमोर्चाबाट उपप्रमुख छनौट



काठमाडौँ, राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई उठाउने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले दहचोक निवासी दानीलाई उपप्रमुख, वडा नं. १ को अध्यक्षमा धर्मराज दानी र वडा नं. ६ को अध्यक्षमा मनहरी बलामीको उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकोले त्यसलाई रोक्न सचेत युवा एकजुट बन्नुपर्नेमा जोड दिए ।

पार्टीका चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरका अनुसार नगरपालिकाको अन्य पदका लागि उम्मेदवार छनौट गर्ने काम भइरहेको छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००