२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको गोलबजार नगरपालिकाद्वारा वार्ता टोली गठन



 

साउन १६, लहान । आन्दोलनरत पक्षसँग वार्ता गर्न सिरहाको गोलबजार नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा वार्ता टोली गठन गरेको छ ।

दोस्रो नगरसभाले गरेका करवृद्धिको विरोधमा नेपाली कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले आन्दोलन गरेपछि नगरपालिकाले वार्तामा आउन आह्वान गर्दै नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा वडाध्यक्षहरु धनप्रसाद लामा, राजदेव यादव, रामपुकार कामती र रामदेव यादव रहेको नगर प्रवक्ता उमेश बरालले जानकारी दिए ।

कांग्रेससहित सात राजनीतिक दलको नाममा पछिल्लो तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । नगरपालिकाको दैनिक काम प्रभावित हुन नदिन हदैसम्म लचिलो बन्दै साउन १ गतेदेखि लागू गरिएको सम्पत्ति र सेवा शुल्क दस्तुर अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको प्रवक्ता बरालले बताए ।

नगर प्रमुख साहले आन्दोलनरत दलका प्रतिनिधिहरुलाई वार्ताका माध्यमबाट माग सम्बोधन गर्न वार्तासमिति गठनसहित पत्राचार गरिएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ००:००