१३ माघ २०८२, सोमबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०% बालश्रमिकमा नगरपालिकाको ध्यान गएन



 

७ साउन, गुलरिया– बर्दिया । बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् ।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरे पनि २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गर्दैछन् ।

भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउन पर्ने नीति बनाउनु पर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नगएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए ।
रासस

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार ००:००