२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर संकलन



काठमाण्डौँ, काठमाण्डौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा रु. एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म रु. ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले बताए ।

उनका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर संकलन भएको हो ।

सोही अनुसार राजस्व संकलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा रु. ७ करोड सम्म विज्ञापन कर संकलन हुने अनुमान कामपाको छ ।

आर्थिक वर्ष २०७२–७३ मा सोही शिर्षकको करमा रु. चार करोड ३६ लाख ८ सय ४३ कर संकलन भएको थियो । रासस

प्रकाशित मिति : ११ बैशाख २०७४, सोमबार ००:००